तरकारी उत्पादनको ‘पागल प्रक्रिया’ र सरकारी उत्पादको महा पागल प्रकृया…
प्रकाशित मिति: 6 April, 2019 3:13 am
राष्ट्रिय विकास परिषदको काठमाण्डैमा सम्पन्न बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले निकै महत्वपुर्ण बिचार राखेको बिस्तृत विवरण अनलाइन खबर डटकमले लेखेको छ ।
प्रधानमन्त्री भनाईको सार निम्न थियो- लामो समयको द्वन्द समाप्त भएको, देश स्थिर राजनीतिक बाटोमा अघि बढेको, सार्वभौम जनताको अभिमतले मुलुकको आर्थिक संमृद्धिको बाटो निस्चित गरिसकेको । उपरोक्त कारणले अब विकाश र संमृद्धिको कामलाई अघि बढाउन कसैले रोक्न नसक्ने आत्मविश्वास प्रकट गर्दै सिंगो देशलाई आश्वास्त बनाउने कोसिस गरेका छन् ।
यसै कार्यक्रममा प्रधानमन्त्रीले खाद्य्यान्न र कृषिउपजलाई हाइब्रिड गर्ने प्रकृयालाई ‘पागल प्रक्रिया’को संज्ञा दिएका छन् । बढ्दो ‘मिसादी’ कारण उपभोग्य बस्तुहरु बिषादीयुक्त बन्दै गएकोले हाम्रो स्वास्थ्यमा प्रतिकुल प्रभाव परेको प्रमको भनाई थियो । उप्रान्त हाम्रा उत्पादनहरु अर्गानिक हुनु पर्ने संवेदनसील बिषय समेत उठाएका छन् ।
प्रधानमन्त्रीज्यूले उल्लेख गरेका
दुईवटा बिषय महत्वपुर्ण रहेको हाम्रो बुझाई छ । पहिलो, पागल उत्पादन खाएर कोही स्वस्थ रहँदैन ।दोश्रो, उत्पादकत्व बढाउने नाममा अर्ग्यानिकतालाई बिर्सनु हुदैन ।
उहाँले यहाँ केवल कृषिमा गरिएको बिषादी प्रयोगले पागल बनाईएका तरकारी र प्राकृतीक रुपमा उत्पादित अर्ग्यानिक तरकारीको कुरा उठाउनु भयो । तर यहाँ, तरकारी मात्रा होइन, पागल तरकारीझैं अन्य क्षेत्रको पागलपनमाथि समेत धावा बोल्नुपर्ने देखिन्छ ।

तरकारीलाई पागल बनाउनु भनेको अप्राकृतिक तरिकाले उत्पादन गर्नु, बढाउनु हो । अर्ग्यानिक बनाउनु भनेको प्राकृतिक प्रकृयाबाट उत्पादन गर्नु हो । प्रधानमन्त्रीज्यूले उल्लेख गर्न बिर्सनु भएका अर्ग्यानिकताको खोजि गरिनु पर्ने अन्य क्षेत्रहरु निम्न छन्-
१. आफ्नो जीवनको उर्जा र पुर्जा पार्टीकै लागि खर्छ गरेकालाई लात मार्दै, स्वार्थी र लोभीपापीहरु माथि शक्तिको इन्जेक्सन लाएर रातारात फुलाउँदा पार्टी/ संगठनको स्वास्थ्यमा गम्भिर असर गर्ने भएकोले नेतृत्व विकाशको अर्ग्यानिक प्रकृयालाई पुनरुत्थान गर्नुपर्छ ।
२. कर्मचारी भर्ना र नियुक्तिका क्षेत्रमा हाम्रालाई भन्दा राम्रालाई, आफन्त र मालदार, साला र सालीदारलाई भन्दा सम्बन्धित क्षेत्रमा बिज्ञता हासिल गरेकाहरुलाई अवसर दिन प्रतिस्पर्धाको अर्ग्यानिक बिधि अवलम्वन गर्नुपर्छ ।
३. ठेक्काप्रथाको कमिसन चक्करमा परेर कमसल काम गर्ने, लिङ्गरिङ गर्दै काममा लाग्ने, मुनाफा कम भए छोडेरै भाग्नेलाई होइन, अनुभवले खारिएका,पावर सेन्टरको टावरमा नपारिएका, सुपथ मोलमा काम गर्न मान्ने, देशको कामलाई आफ्नै काम ठान्ने अर्ग्यानिक ठेक्दारलाई अवसर दिनुपर्छ (तस्वीर साभार:सामाजिक सन्जाल)
४. सरकारका कुरा काममा देखिने, इज्ततसाथ इतिहास लेखिने, मन्त्रीको बोली नरम होस् भोली, अर्ग्यानिक बोली नेपाली छोडी, अंग्रेजी भाषा नकनुन् भोली, काम भन्दा पहिले नउडोस् कुरा, चुपचाप-साईलेन्ट काम होस पुरा । यस्तो अर्ग्यानिक उपाय नअपनाउने हो भने तरकारीमामात्र होई, सरकारीमापनी पागल प्रकृयाको बोलावाला हुने खतरा छ । द चेतना भया !
![]() |
ReplyForward
|