जति बजाए पनि डिस्टर्व नहुने ‘डिजे’…
प्रकाशित मिति: 17 March, 2019 3:20 am
नन्दु : ‘बुबा मलाई डिजे किनिदिनुस् न ।’
बाबु : ‘अहँ, किन्दिन, तिमीले छिमेकीलाई डिस्टर्व गर्छौ ।’
नन्दु : ‘डिस्टर्व गर्दिन बुबा, सबै सुते पछिमात्र घन्काउछु !’
टिचर : ‘तिमी चराचुरुङ्गीको बारेमा जान्दछौ ?’
विद्यार्थी : ‘राम्ररी जान्दछु सर ।’
टिचर : ‘कुन चरा उड्न सक्दैन, भन त ?’
विद्यार्थी : ‘मरेको चरा सर !’
डाक्टर : (टिकासँग) ‘तपिईँको एउटा किड्नी फेल भएछ !’
टिका : ( एकछिन रोइकराई गरेपछि ) ‘डाक्टर सा’ब, कति नम्वर पुगेनछ ?’