अस्पतालमा यस्तो किन गरिन्छ ? यी डाक्टरको समस्या पत्ता लगाउनाेस्…
प्रकाशित मिति: 5 March, 2019 4:07 am
कुरा, १४ फाल्गुण, २०७५ को हो । केशवजी हात दुखेर काठमाण्डौको मोडेल अस्पताल पुग्छन्। अर्थोपेडिक डिपार्टको ओ. पि. डि. टिकट बनाएर त्यहाँ पुगेपछि डाक्टर र विरामीबीच उपचारको बिषयमा भएको सम्वाद… केशव : ‘नमस्कार डाक्टर सा’ब ।’ डाकटर A : ‘बस्नुस्, कार्ड दिनु त, के भयो ?’ केशव : ‘मेरो यो दायाँ हात दुखेको छ । गह्रुङ्गो वस्तु बोक्दा धेरै दुख्छ ।’ डाक्टर A : (बिरामीको हात समाएर दुखेको ठाउँमा थिच्दै) यहाँ हो ? ‘यता दुख्छ ?’ केशव : ‘यो भन्दा पहिला पनि यहि हात दुखेर चेक गराएको थिएँ । ‘टेनिस इल्वो’ भएको भनेर रेस्ट र थेरापी गरेर ठिक भएको हो । अर्को कुरा, गत शनिबार पिकनिक जाँदा अलि ह्याबी भारी बोकेर लामो बाटो हिंडेको थिएँ । त्यसैले दुखेको हो कि भन्ने लाग्छ ।’ डाक्टर Agm: ‘युरिक एसिड जाँच गराउनु भएको छ ?’ केशव : ‘युरिक एसिड छैन डाक्टर सा’ब, १ महिना अगाडी पनि हेरेको थिएँ, नर्मल नै थियो ।’ डाक्टर A : (ब्लड टेष्ट गर्ने पेपर झिकेर विभिन्न टेष्टमा टिक लाउदै) ‘एक महिना त लामै भयो, ४ दिनमा फरक पर्छ । ल यो टेष्ट रिपोर्ट ल्याएर फेरी भेट्नुसे ।’ (केशवले पिसाब र रगतको ८ प्रकारको टेष्ट गर्नु भनि टिक लगाएको पेपर लिएर काउन्टरमा पुगेर रु. १८८०/- बुझाउँछन र ल्याबमा पुग्छन् ।) भोलिपल्ट रिपोर्ट लिएपछि केशव : रिपोर्ट लिएर हेर्छन । तोकिएको रेन्ज भन्दा बाहिर केही देखिंदैन । पुन: अर्थोपेडिक डिपार्टमा छिर्छन् । डाक्टर ‘ए’ अनुपस्थित रहेकोले डाक्टर ‘बि’लाई भेट्छन् । डाक्टर B : ‘बस्नुस्, भन्नुस् के समस्या छ ?’ केशव : ( रिपोर्ट पेपर नदेखाई ) ‘दायाँ हात देखाउँदै, यहाँ दुख्छ, एक हप्ता भयो डाक्टर सा’ब ।’ डाक्टर B : (हातको कुहिनाको जोड्नी थिच्द) ‘यहाँ दुख्छ होइन ?’ केशव : ‘ऐया…, हो हो त्यहीँ हो , हिजोदेखि त तल नाडीसम्म दुख्न थालेको छ ।’ डाक्टर B : ‘मैले बुझेँ, यसलाई टेनिस इल्बो भनिन्छ । एक हप्ता जति थेरापी गर्नुस् । एउटा नदुख्ने औषधी लेखेको छु । एक हप्ता पछि भेटनुस् । भएन भने ईन्जेक्सन लगाउनु पर्छ । है त, जानुस्, काउन्टरमा पैसा तिरेर थेरापी सुरु गर्नुस् ।’ केशव : (खल्तीबाट ल्याव रिपोर्ट निकालेर देखाउँदै ) ‘डाक्टर सा’ब, यो हिजो अर्को डाक्टरले जाँच गराउनु भएको थियो ।’ डाक्टर B : ‘ब्लडमा कुनै समस्या छैन रहेनछ । रिपोर्ट ठिक छ ।’ केशव : ‘डाक्टर सा’ ब, म हिजो चेक गर्ने.डाक्टरलाई भेटन चाहन्थें । वहाँ हुनुन्न रहेछ । तपाईले छामेर रोग पत्ता लगाउनु भयो । मैले वहाँलाई बिरामको कारण समेत प्रस्ट राख्दा राख्दै युरिक एसिड टेष्टको नाममा यति धेरै जाँच गर्न बाध्य पार्नु हुन्नथ्यो । मैले त तिर्न सकें, तर एउटा सामान्य मान्छे निम्ति झण्डै २ हजार को बिल तिराउनु साधारण कुरा होइन । यसैले म वहाँसँग एक पटक कुरा गर्न चाहन्थें । ताकि यस्तो कार्य अर्को नागरिकसँग फेरी नदोहोरिओस् ।’ डाक्टर B : ‘यी एक-दुईवटा टेष्ट त हामी गराउँछौं नै, केही बढी गराउनु भएछ ! तै पनि केहि थप समस्या नभएको जानकारी भयो । हुन्छ, ७ दिन पछि भेट्नुस् है ।’ काठमाण्डौ मोडेल अस्पताल प्रति मेरो दुरासय पटक्कै छैन । यो सँस्था डाक्टर भरत प्रधानजस्तो समाजसेवी व्यक्तित्वले नेतृत्व गरेको, लोकप्रिय कलाकारहरु ‘मह’ जोडीको संरक्षकत्व रहेको, डाक्टर सरोज धिताल, डाक्टर रोशनलाल श्रेष्ठजस्ता अनुभवी र पुराना डाक्टरहरुले निरन्तर सेवा पुर्याइरहेको एउटा सामुदायीक अस्पताल हो । समाजसेवाको क्षेत्रमा यसले पुर्याएको योगदान प्रति धेरैले प्रशंसा गर्छन् । तर, डाक्टर ‘ए’ को भुमिका एउटा बिरामीका निमित्त पटक्कै ठिक भएन । एउटा बिरामीको कुरामात्र डाक्टरले राम्ररी सुनिदिने हो भने २५ प्रतिशत रोग ठिक हुन्छ भनिन्छ । यहाँ त एउटा रोग प्रति एकदम सजक बिरामीलाई गरेको व्यबहारले उल्टो रोग बढाउने काम भएन र ? यस घटनाले डाक्टर ‘ए’ हतारमा थिए वा अनुभव विहिन हुन् भन्ने देखिन्छ । एउटा सामुदायिक अस्पताले आफ्नो लाभका निमित्त यस्तो कार्य गर्दैन होला तर उपचारका नाम डाक्टरहरुले कसरी अनावस्यक खर्छ गराउछन् भन्ने यो प्रतिनिधि घटना हो । देशभर च्याउसरी खोलिएका अस्पताल, नर्सिङ होम, क्लिनिक र स्वास्थ्यकेन्द्रबाट लिइने र दिईने सेवामा यस प्रकृतीका कमजोरी, लापार्वाही र गैरजिम्मेवार व्यवहारले धेरै सर्वसाधारण अन्यायमा परेकाछन् । एउटा विरामीलाई महिनाैं सिटामोल खान पुग्ने पैसा अनावश्यक रुपमा असुल्नु ठगटरी हैन र डाक्टरसा’ब ! तस्वीर साभार:( समाजिक सन्जालबाट )
|
|