अबको क्रान्ति : मर्ने र मार्ने कि बाँच्ने र बचाउने ? रीयल प्रश्न-गजुरीयल उत्तर
प्रकाशित मिति: 26 February, 2019 3:37 am
कमरेट बिप्लवले दुई साताअघि ‘जनयुद्ध दिवस’का सन्दर्भमा पार्टी निकट पत्रिकालाई एउटा अन्तरवार्ता दिएका थिए । यस बिषयमा फाल्गुण १३ गतेको अनलाइन खबरले बिस्तृत रुपमा उल्लेख गरेको छ । अन्तरवार्ताको मुलभुत आशय- प्र.म. केपी ओली र क. प्रचण्डलाई आत्मसमर्पणवादी हुन् र वर्तमान सरकारलाई दलाल पूँजिपतिहरुकै सरकार हो भन्ने खालको छ । उनले ओली सरकार संकटमा फँसेको र यो एक बर्षमा पुरै असफल भएको समेर उल्लेख गरेका छन् । अर्को कुरा, उनको पछिल्लो अभिव्यक्ति र क्रियाकलापले बिप्लवको पार्टी भारतीय लगानीका आयोजना कार्यन्वयन हुन नदिने, सबै बिदेशी लगानीमाथि प्रहार गर्ने र योसरकारलाई कमजोर पार्दै असफल बनाउने मिसनमा अघि बढेको अनुमान गर्न सकिन्छ । यो समाचार प्रति हाम्रो पहिलो टिप्पणी सरकार र सत्ताधारी पार्टीप्रति रहेको छ । आम नागरिककालागि सरकार भनेको बाबु- जिम्मेवार अविभावक हो । आफ्नो कुनैपनि सन्तती वदमास भयो, बेइमान बन्यो वा बिक्षिप्त हुनपुग्यो भने त्यसलाई सुधार्ने हो । संरक्षण गर्ने हो । तर, उदण्ड, बहुलठ्ठी र अराजक नै भएको निस्कर्षमा पुगेपछि दोश्रो, दशकौंको द्वन्द व्यहोरेका नेपालीको भावनाको प्रतिनिधित्व गर्दै टिप्पणी गर्ने हो भने कमरेट बिप्लवको यो ‘ट्याक्टिस’ भन्नेलाई भन्दा सुन्नेलाई लाज भने जस्तै छ । १० बर्षे द्वन्दको गाडी हाँक्ने अगुवा र पारङ्गत ड्राइभर उनी पनि थिए । उ बेला जनयुद्धको गाडी लक्षमक पुर्याउन अलि कठिन छ, त्यसैले मध्य बेसक्याममा बिसाउनु पर्छ भन्ने वहाँ पनि हो । गाडी एउटा मात्र छ तर सवै स्टेक होल्डरले पाईलटै बन्छु, को- पाइलटै बन्छु वा कण्डक्टर र खलाँसी नै बन्छु भनेर लुछाचुँडी त गर्नु भएन नि ! उमेर हद, अनुभव, पदीय मर्यादा, आम यात्रुहरुको विश्वास पात्र, सह- अस्थित्वलाई आत्मासात अघि बढ्नु पर्दथ्यो । थप गजुरियल तर पब्लिसियल बुझाई के छ भने – अहिलेको देशमा रामराज्य छैन तर आम नेपाली जनताको स्वभाव भोकै बस्न तयार छ तर संकट झेल्न, द्वन्द व्यहोर्न र दु:ख स्याहार्न पटक्कै मञ्जुर छैन । किनकी भोकै बसेर आत्मासम्मान कायम गर्नु भनेको स्वाभिमानसँग जोडिएको कुरा हो । कमरेडले भन्न सक्नुहुन्छ – जनता यि सबै संकट भोग्न तयार छन् । तपाईँको बिचार राष्ट्रीय स्वाभिमानसँग जोडिएको छ भन्नेमा हाम्रो पटक्कै बिमति छैन तर यहाँ उत्पन्न एउटा प्रतिप्रश्नले तपाईँको उत्तर दिनेछ । राष्ट्रीय स्वाभिमानको लहर कसैले थोपरेर सबैले थेग्दैनन् , चाहना र बाध्यताको डोरीले तान्नु पर्दछ । सिङ्गो मेची महाकालीको समथर फाँट र भित्ता, पाखा, खोरिया र भस्मेलाई उजाड राखेर ५० डिग्रीमा श्रम गर्न ब ‘सके इण्डियन देउ ।’ ‘अलि महंगो भयो ।’ ‘बरु चाइनीज ल्याइदेउ ।’ ‘भैगो, भोलि फेरि आउछु ।’ यस्तो भन्ने मानसिकता बोकेका नेपालीहरु फेरि ‘देश’का नाम मर्न र मार्न तयार होलान् त ! अर्थात् मुलुक अर्को द्वन्द झेल्न तयार होला त ? लौ न अरु नै उपाय खाेजाैं कमरेड !!
|
|
|