पुरस्कृत ड्राइभरकै लाईसेन्स छैन र मागेको केकले बर्थ डे मनाउँदै…
प्रकाशित मिति: 3 February, 2019 4:48 am
ट्राफिक : ‘(तिलकसँग) तपाईँ एउटा इमान्दार ड्राइभर हुनुहुँदो रहेछ । सिटबेल्टको प्रयोग गरेकोमा रु. ५००० पुरस्कार पाउनु भयो । केर्नु हुन्छ यो रकम ? ‘
तिलक : ‘खुशी लागँयो सर, म यो रुपैयाले सबभन्दा पहिले मेरो लाइसेन्स बनाउँछु ! ‘
भिखारी : ‘माताजी, मलाई एउटा केक् दिनुस् न ? ‘
माताजी : ‘( रिसाउँदै) माग्नेलाई तातो भात !, रोटी खाँदैनौ ? ‘
भिखारी : ‘रोटी पनि खान्छु हजुर तर आज मेरो बर्थ डे छ ! ‘
बाबु : ‘(छोरासँग) छोरा तिमी यति महान बन कि तिम्रो नाम पृथ्बीको चारै कुनामा चम्कियोस् ‘
छोरो : ‘बुबा, यो महान कुरा हो । तर यहाँ एउटा समस्या छ ‘
बाबु : ‘किन र ? ‘
छोरो : ‘बिज्ञान भन्छ- पृथ्वी गोलो छ, चार कुना कहाँ भेटौं म ! ‘