जाडो भयो भनेर आफ्नै घरमा आगो सल्काएपछी….
प्रकाशित मिति: 3 February, 2019 2:28 am
.
चुनावी अभियान पनि होइन । सभा सम्मेलन पनि छैन । बैठक सेमिनारपनी रहेन । तरपनि गाउँतिर घुमिरहेकाछन् बाबुराम भट्टराई ! अहिले सुदुर पुर्वी पाँचथरको चिवाभन्ज्याङमा छन् ।
एक्लै हैन दुक्लै- पत्नी हिसिलासहित । देशको कार्यकारी भैसकेको मानिस आफ्नै गाउँमा देख्दा स्वागत हुने नै भयो ।
उनले पाँचथर, तेह्रथुम, भोजपुरका गाउँमा बिभिन्न कोणसभा गरेका, समुदाय विशेषका बाजागाजा बजाएका तस्वीरहरु सार्वजानिक भई रहेकाछन् ।
एउटा प्रतिष्ठित राजनेताले जनताको तहमा गएर अभिमत माग्नु अस्वभावीक होइन । उनको यो उत्साहलाई मान्नै पर्छ ।
अर्को कुरा, बौद्धिकताको उच्च रुप भनेको ‘एक्लोमा एकता’ होइन, ‘अनेकतामा एकता’ खोज्न सक्नु पर्दथ्यो । तर, उनले ठुलो समुहबाट भाग्ने आदत विकास गरे ।
तेश्रो, ‘पोलिटिकल आयडोलजी’ एउटा राजनेताको बलियो हतियार हो । तर, वहाका पछिल्ला अभिब्यक्तीबाट थाहा हुन्छ- वहाँमा ‘नयाँ आईडियोलोजी’ छैन । पुर्ववत बिचारबाटपनि बिचलित देखिनुहुन्छ ।
उनिसँग ठुलो पार्टी थियो । धेरै कार्यकर्ता थिए । जस्तो अभियान छेडेपनी हुन्थ्यो । ती सबै कुरा छोडेर एक्लै अभियानमा दौडनुलाई ‘नमच्चिने पिङको सय झड्का’ भने कसो होला !
ReplyForward
|