भिँड हटाउने र छोरी माग्ने नयाँ तरिका !
प्रकाशित मिति: 30 January, 2019 6:13 am
रोहन : (छिमेकीसँग) अंकल, मेरो एउटी युवतीसँग प्रेम बसेको छ । विवाहको कुरा गर्न आँट आएन म के गरुँ ?
छिमेकी : कुरा सजिलो छ, केटीको बाउलाई कफी पिउन लैजाने, त्यसैबेला कुरा राख्ने !
रोहन : थेङ्स अंकल, हिड्नुस् अब कफी पिउन जाउँ !
बाबु : सुन छोरा, बच्चा उमेरमा झुटो बोल्नु हुँदैन । तिम्रो उमेरमा मैले कहिल्यै झुट बोलिंन ।
छोरो : अनि बुबा, तपाईंले कुन उमेरदेखि झुटो बोल्न थाल्नु भयो त !
(प्रहरीमा भर्ना हुन अन्तर्वार्तामा सरिक संकेत पौडेल र प्रहरी अधिकृत)
,
प्रहरी अधिकृत : एउटा ठुलो भिंडलाई बल प्रयोग नगरि तितरवितर पार्नु परे के गर्नु हुँन्छ ?
संकेत : गेरुवश्त्र लगाएर भिंडको बिचबिचमा पसेर भिख माग्न थाल्दछु !