शराबीको खराबी…
प्रकाशित मिति: 16 January, 2019 5:21 am
शिक्षक : ‘आकाश, हिजो तिमी स्कुल किन नआएको ?’
आकाश : ‘सर हिजो म सपनामा अमेरिका गएको थिएँ ।’
शिक्षक : ‘पाताल, अनि तिमी चाँही कहाँ गएका थियौ त ?’
पाताल : ‘सर म आकाशलाई उडाउन एयरपोर्ट गएको थिएँ !’
एउटा भारतीय : (शराव) पिएर बाटोमा हिडिरहेको थियो, साधुसँग ठोकिन्छ । साधु रिसाउँदै भन्छन -‘हे मुर्ख, म तँलाई श्राप दिन्छु’
सराबी : ( खुशिहुदै) थोडा रुक्नुस् बाबाजी, म बोतल लिएर आउँछु ।
डाक्टर : ‘तपाईँको कान कसरी जल्यो भन्नुस त ?’
विरामी : ‘म कपडामा आइरन लगाउँदै थिएँ । मोबाइलमा फोन आयो । हतारमा उठाउँदा यस्तो भयो ।’
डाक्टर : ‘अनि अर्को कान चाँही कसरी जल्यो त ?’
विरामी : ‘एम्बुलेन्सलाई फोन गर्दा डाक्टर सा’ब !’