सिसा नभएको झ्यालमा यत्रो लफडा !
प्रकाशित मिति: 15 January, 2019 3:10 am
सिसा नभएको झ्यालमा यत्रो लफडा !
राम र श्याम बसको एउटै सिटमा बसेर यात्रा गर्दै थिए । रामले धेरै गर्मी भयो भनेर झ्याल खोल्दछ, श्यामले जाडो भयो भनेर झ्याल बन्द गर्न खोज्दछ ।
निकैबेरको तानातान हेरिरहेका अर्को सिटका यात्रुले भने – ‘त्यो झ्यालमा सिसा नै छैन, तपाईँहरु केवल फ्रेममात्र धकेलिरहनु भएको छ !’
🙂
टिचर : ‘ल भन त, भाले भन्दा पोथी कुखुरा खुट्टा किन छोटा हुन्छन् ?’
बिद्यार्थी : ‘किनकी लामा खुट्टा भए अण्डा पार्दा फुट्छ भनेर सर !’
🙂
शिक्षक : (बिधार्थीलाई पढाउँदै) ‘महान् त्यो मानिस हो, जसले सधैं अरूलाई सहयोग गर्दछ ।’
बिधार्थी : ‘तर सर, परिक्षाको समयमा न तपाईं आफु सहयोग गर्नु हुन्छ न हामीलाई नै गर्न दिनु हुन्छ त !’