‘घटना घटाउन्या र लुकाउन्या दोनों समाजका शत्रु हुन्, याद करु !’ – आजका हेडलाइन
प्रकाशित मिति: 15 January, 2019 3:02 am
एनएसीले वाइडबडीको दोश्रो किस्ता तिर्न सकेन
भ्रष्टाचारमा संलग्न भनिएकाहरुबाट एड्भान्स लिएर तिर्दै गर्ने, पछि हिसाब मिलान गरौंला !
प्रदेश नम्वर २ का अर्थमन्त्रीले सचिव कुटे
संघीयता लाई बलियो बनाउन बल प्रयोग गरेको मन्त्रीको जिकिर !
जग्गा कित्ताकाट भुमाफियालाई फुकुवा, सर्वसाधारणलाई कडाई
किनकी सर्वसाधारणले भोटमात्र दिए, नोट दिएनन् !
मसँग राजनीति गर्ने समय १० बर्ष मात्र छ : प्रचण्ड
लागिरहनुस् कमरेड, अर्को निर्वाचन पछि पनि ६ बर्ष बाँकि रहन्छ !
वाइडबडी खरिद प्रकरणमा मेरो संलग्नता छैन : देउवा
मैले गराएका गलत निर्णय सच्याउन नसक्नेहरू नै संलग्न छन् !
सचिव झापड काण्डमा मुख्यमन्त्री राउत भन्छन् – ‘घटना सामसुम भइसक्यो !’
घटना घटाउन्या र लुकाउन्या दुवै समाजका शतुर हुन्, याद रखु !