डा.लम्पट शर्माको क्लिनिकमा स्वागत छ…
प्रकाशित मिति: 3 January, 2019 2:02 am
सरस्वती उपचारको लागि डा लम्पट शर्माको क्लिनिकमा पुगिन् ।
डा.लम्पट : (एकोहोर सरस्वतीको अनुहारमा हेरि रहन्छन् ।)
सरस्वती : (अचम्म मान्दै) मेरो त खुट्टामा समस्या छ । अनुहारमा हैन डाक्टस सा’ब ।
डा.लम्पट : (सम्हालिंदै) मैले किन हेरेको भने, तपाईं त काटीकुटी मेरी तेश्री श्रीमतीजस्तै हुनुहुंदो रहेछ ।
सरस्वती : (अचम्म मान्दै) तपाईंका कतिवटी श्रीमती हुन् र ?
डा.लम्पट : अहिलसम्मत दुईवटी मात्रै छन् ।