भिखारीले कर्मचारी राख्न थाले पछि…
प्रकाशित मिति: 31 December, 2018 3:29 am
भिखारी एउटा पसलेकोमा माग्दै पुगेछ…
भिखारी : ए हजुर ५ रुपयाँ दिनुस् न, म तिन दिन देखि भोकै छु ।
पसले : तिमी यति हट्टाकट्टा छौ । काम गरेर खानु पर्दैन ? बरु मेरो पसलमा काम गर ।
भिखारी : कति तलब दिनु हुन्छ ?
पसले : महिनाको ५ हजार दिन्छु
भिखारी : त्यसो भए तपाईं म सँग आजैबाट हिंड्न सुरु गर्नुस् , म तपाइलाई २५ हजार दिन्छु !