आजका हेडलाइनहरु : स्पष्ट निती आएन सरकार, ब्यबस्था गर दण्ड र पुरस्कार…
प्रकाशित मिति: 26 November, 2018 1:51 am
तिन महिनामा साढे २ खर्ब रेमिट्यान्स, बिदेश जानेको सँख्या घट्यो
बिदेशी निती घटाउदै नोकर, स्वदेशमा कलह सरकार र ब्रोकर !
सांसदहरुको गुनासो : कर्मचारी इमान्दार भएनन्
स्पस्ट निती आएन सरकार, ब्यबस्था गर दण्ड र पुरस्कार !
आईजिपीलाई ज्वाई भन्दै टम्पनी खोलेर ठगी
शक्तिको आडमा देश लुट्नेहरु, खोज्दै जाँदा धेरै छन अरु !
‘नो मास्क सिटी’ अभियानमा काठ्माण्डौ महानगरपालिका
कुरा भन्दा काम गर, फोहर मैला हटाउ पर !
नेकपाको बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजनबारे छलफल सुरु
पद दियौ धेरै पहिले काम दिने ऐले, एकताकोपुर्ण रुप देखाउने हौ कहिले !
काठमाण्डौमा बिप्लवको शक्ति प्रदर्शन
पशुपतिको दर्शन सिद्राको ब्यापार, गाडि खडा गरे मान्छे आए अपार !
मादक पदार्थ सेवन गरि विद्दालय जाने शिक्षक बरखास्त
रक्सी, तास, चेली तान्ने मास्टर कति कति, छानी छानी खेद्नै पर्छ अपराधि जति !