आजका हेडलाइनहरु : भ्रष्टाचार भए अख्तियारले हेर, पुरुष हैकम भए महिला मिली घेर
प्रकाशित मिति: 19 November, 2018 7:25 am
एउटै माला लगाएपछि कोइरालात्रयले भने – हामी एक छौं, कांग्रेसको शाख फर्काउछौँ
तीनटा मन तीन तिर भाग्दै, मालाले बाँधेर समाउन लाग्दै ! देखाउने कुरा शाख बचाउने, लुकाउने कुरा पद जमाउने !
‘सरकारले उद्दोगलाई कहिलेसम्म संरक्षण गर्ने ?’
संरक्षण हुन्छ सम्म तब, उद्दोगी नाफामा जादैन जब !
सांसदहरु भन्छन् – नागरिकता विधेयकमाथि राजनीति सहमति खोजौं
सहमतीमै २२ लाख बाँडेकाथ्यौ पहिले, त्यही नजिर फेरिपनि दोहोर्याउला है ऐले !
कांग्रेस बैठकमा देउवाको प्रस्ताव : नेविसंघको म्याद दुई महिना थपौं
रात गए अग्राख पलाउने, मौका मिले खेल्ने, खेलाउने ?
सचिव पुष्पा चौधरीको आरोप-सिंहदरबारमा पुरुषहरुको हैकम चल्छ
भ्रष्टाचार भए अख्तियारले हेर, पुरुष हैकम भए महिला मिली घेर !
साउदी प्रहरीको फरार सुचीमा रहेका शिवरामको नेपालमा चोरी धन्दा
नानी देखिको लाग्या बानी, उस्तै रहन्छ जहाँ पनि !
पुर्वउपसभामुखले नै छोरीसरह बुहारीलाई अन्माइन्
एक्लो बस्नै मन भएन खोजिन होला केटो, चर्चा पाउँन नेताजीले लाइदिन क्यारे टिको !