यस्तो छ, अन्तर्राष्ट्रमा हाम्रो छवि…
प्रकाशित मिति: 18 November, 2018 11:13 am
‘अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि उच्च छ ।’ परराष्ट्रमन्त्रीज्युले भनेपछी पत्याउनै पर्यो । प्रदिप ज्ञवालीको भनाई पत्याउनै पर्यो । तर, छवि उच्च हुनुको कारणचाहीं अलि फरक छ । आउनोस्, यो समचारको गजुरियल बिश्लेषण गरौं । हो, हाम्रो छवि उच्च छ । विदेशीहरुले बुझेको त्यो उच्चता भनेको…
देश चलाउन सहयोग माग्नेहरुको देश, खर्च गर्न नसक्ने थाङ्नेहरुको देश, नानी भन्दा आच्ची ठुलो , आवस्यकता भन्दा संसद ठुलो भएको देश भन्दा हुन् ।
आफ्नो खेतमा काम गर्नै लजाउने, बिदेशीका वाथरूम सजाउनेको देश, पैसाको प्रलोभनमा धर्मको कारोबार फस्टाएको देश ठान्दा हुन् ।
देश छोड्न एउटा खुट्टो उचालि रहनेको देश-विदेशीहरुले हाम्रो उच्चताको यसरी मुल्याङ्कन गरि रहेका होलान् ।
हाम्रो उच्चता, बुबा-आमा लाई बाबु आमा हैन, विदेशीलाई कामदार उत्पादन गरिदिने कारखानाको रुपमा बुझ्दा हुन् ।
पैसा भने पछि…..मै किन नझरोस्, पाए सम्म भाईको, दाईको, माईको, आमैको, राईको, पराईको नछोड्ने, त्रिनेत्रधारी मानव वस्ती देख्दा हुन् ।
सडक देखि सदन सम्मै बेरोजगार, गफाष्टक र कुरौटेहरु छताछुल्ल पाईँने देशको रुपमा विदेशमा हाम्रो उच्च छवि रहेको बुझाई छ । त्यसैले हामी मन्त्रीजीको विचारसँग आधा मात्र सहमत छौँ ।