बुद्धिमा स्वार्थको बिर्को लागेका नेता : आजका हेड्लाइनहरु….
प्रकाशित मिति: 4 November, 2018 2:59 am
नेकपा नेता कोही सरकारको समर्थन र कोही बिरोधमा
देश बनाउने यिनको नारा भताभुँङ्ग सारा, बुद्धिमाथि स्वार्थी बिर्को सधैं उहि पारा !
उत्पादनशिल जनशक्ति वैदेशिक रोजगारीमा कहिलेसम्म ?
देशको सरकार बिदेशिको भर परुन्जेल ,बिकाशको काम भन्दा कुरा गरुन्जेल् !
आफ्नो देशमा सानो काम गर्न लजाउँन्जेल् ,बिदेशिका ट्वाइलेट बाथरुम चट्ट सजाउन्जेल् !
२९ बर्षमै ९ सन्तान, कति अपबित्र भए हाम्रा कान
मेशिन र महिला उस्तै ठान्ने, अब पुग्यो भन्नै नजान्ने, दुबै उस्तै !
किताव ब्यापारी भन्छन् : अस्पताल र जेलमा पुस्तक नदेख्दा दु:ख लाग्छ
तनावमा हुन्छन बन्दी, अस्पतालमा बिरामी, त्यहीँ पनि किताब बेच्ने हाम्रा ब्यापारी !
भागबन्डा नमिलेर गण्डकीमा गाउँपालिका महासंघको अधिवेशन स्थगित
यस्तै उस्तै गर्दै आयौ आज भन्दा पैले, कुकुर पुच्छर ढुँङ्ग्रो भित्र सोझो हुन्न कैले !
सर्लाही गोलिकाण्ड : नेकपाका एक कार्यकर्ता भारतबाट पक्राउ
बाहिरी भेषमा नामधारी कार्यकर्ता थिए, अपराधि कुख्यात रहेछन मान्छे मारीदिए !
सरकार ‘फुलफ्लेज गियर’मा चल्नेवाला छ : प्रचण्ड
सरकारी पार्टी नट बोल्टु लुज, लिंगरिङ गर्दै मज्जाले कुद् !
कालिन्चोकमा चल्यो केबुलकार, ५ सय मात्रै शुल्क
जनताको बनोस सरोकार, सुन्दै नहोस बेकार !