पिउने पानीको जारमा चुईगमको बिर्को : आजका हेडलाईनहरु
प्रकाशित मिति: 30 October, 2018 1:26 am
- -यूएई र कतारमा राष्ट्रपतिले पाउने उपहार कस्को ?
उपहार राष्ट्रको अर्कैले समाउलान्, देखे सजाउलान् नदेखे लगाउलान् ! - -ओली प्रति अनुग्रहित छु, तर अब आँधिबेहरी आउदैछ : कमल थापा
अर्थात्, तिमी राम्री छ्यौ हुनु पर्यो मेरी, हैन भने भोग्नुपर्ला तिमिले आँधिबेहरी ! - भक्तपुरमा अपाङ्ग बालिका बलत्कारको आरोपमा दुई बृद्ध पक्राउ
मर्नेबेला टोक्नु पर्ने तिम्ले हरियो काँक्रो, झोस्नु पर्ने अघुल्टाले समाएर डाँक्लो ! - खानेपानी उद्योगमा लापरवाही: जारको पिंध टाल्न चुइगमको प्रयोग
खोल्साको पानी जारमा हाले, चुहिंन थाल्यो चपाएर टाले ! काले काले मिलेर खाओ रातो भाले !! - रोग पत्ता नलागेपछि मुख्यमन्त्री शेरधनराई बैंकक तर्फ
हिस्टपुष्ट खाइलाग्दा यिनि उज्याला, उनैपनि रोगी भए देशको के होला ! - अन्यौलमा नेकपाका नेता, बढ्दैछन् असन्तुस्टीहरु
के होला ढिलाईको जरो, भन्न सजिलो गर्न गार्हो !