प्रचण्डको होस खुल्यो, दुर्घटनाको खतरा कायमै : आजका हेडलाईनहरु
प्रकाशित मिति: 24 October, 2018 5:30 am
- प्रदेश २ का मुख्यमन्त्रीलाई प्रचण्डको चेतावनी : ओभरटेक गर्न खोजे ठुलो दुर्घटना हुन्छ
आफैंले खनेको बाटो गर्दै हतारो, बल्ल होस खुल्यो कमरेड अझै बाँकी छ अप्ठ्यारो ! - मुख्यमन्त्री राउतको चुनौती : प्रहरी मात्र होइन, ५ हजार कर्मचारी भर्ना गर्छौँ
नरिवलको बोटमा बाँदरलाई लिस्नु, न टोक्छ न बोक्छ बनाउने भयौ धुस्नु ! - अब चूलो चुलोमा ग्यास होइन, बिजुलीको तार : प्रधानमन्त्री
दुई तिहाईका प्र.म. आश्वासनका राजा, अब त अति भो सपनाको बाजा ! - अलग मधेशको कुरा गर्नेहरु प्रतिक्रियाबादी डाँका हुन : पुष्पकमल दहाल
उनै लडाकाको भाग लगाए पैले, अर्को डाँका आफ्नो भाग बेच्छु भन्छ ऐले ! - नेकपा महासचिवको दावी : अब मन माझामाझ् भयो
तिम्रो ल्याङ ल्याङ यस्तै हो जहिले नि, मनको मैला जाँदैन कहिले नि ! - कामपाका पूर्व मेयर केशव स्थापितमाथि दुइ महिला द्वारा यौन दुर्ब्यबहारको आरोप
बिदेशको नक्कल नेपाली सिको, होस गरे है नेताज्यू देखिदैन निको ! - राष्ट्रपतीले टिका लगाईदिंदा कसरी हट्यो अगाडी बस्ने कुर्सी ?
भन्न त मिल्छ प्रतिक्रियाबादी खेल, बुद्धिमा बिर्को लाग्यो भइदियो झेल !