नेकपाभित्र चलखेल गर्ने प्रतिक्रियावादी यी हुन् , चिन्नोस् कमरेड…
प्रकाशित मिति: 13 October, 2018 4:24 am
एकपाका अध्यक्ष पुष्पकमल दहालले एउटा प्रचण्ड खुलासा गर्नुभएको छ-
‘देशी बिदेशी प्रतिक्रियाबादीहरु हाम्रा विरुद्ध छलखेल गरि रहेकाछन् ।’ छलखेलको बारेमा छरप्रष्ट पार्दै उहाँले ठोक्नु भयो – ‘पार्टी एकता र सरकारका राम्रा कामलाई प्रचार गर्न नदिन प्रतिक्रियाबादी तत्वहरु लागी परेकाछन् !’
बिदेशी प्रतिक्रियावादी को हुन् , सजिलै अनुमान गर्न सकिन्छ । देशी प्रतिक्रियाबादीचाहीं को रहेछन् भने धेरै खोज्याैं । ती त त्यही पार्टी ओरीपरी पो रहेछन् ! लौ न, यो जानकारी एकपा हेड्क्वाटरसम्म
पुर्याई दिअाैं !
- चुनाव जित्न तताईएको एकताको मुद्दा केन्द्रीय नेताले चट्ट पद बाँडेर एकता गर्ने, एकता पश्चात सुस्ताउदै जाने शैली आन्तरिक प्रतिक्रियाबाद हो ।
- संगठनलाई निष्क्रिय बनाउने, कार्यकर्तालाइ रमिते राख्ने, सरकारका राम्रा कामको प्रचार गर्न मुखै थुनिदिने कामपनि देशी प्रतिक्रियाबाद नै हो ।
- सुनकाण्डको झ्याली पिट्ने, कारबाहीलाई बिस्तारै सेलाइदिने, संलग्नलाई छोडिदिने ।
- सेण्डीकेटको हात्तीलाई अन्तिममा फुस्सा बनाउनु सानो प्रतिकृयाबाद हैन ।
- प्रधानमन्त्रीलाई खुलेर समर्थन नगर्ने, सहयोग नदिने, हौसला नबढाउने, कमी कमजोरीमा रमाउने, गार्हो सार्होमा अप्ठेरो ठाउँमा समाउने- खास देशी प्रतिक्रियावादी यि हुन् , चिन्नोस् ।
- दुईदिन कुर्सी खाली हूँदा कब्जा गर्न खाेज्ने, बाहिर बस्नै नसकेर संसद भित्र पस्न खोज्ने लोभी पापी, पद पाए जय गाउने, नपाउदा भयको वातावरण बनाउने सबै प्रतिक्रियावादी हुन् ।
खास कुरो यही हो, चुरो बुझे भैगो !