झर्ने बेलामा हल्लिने रोग नेकपामा : आजका हेडलाईनहरु
प्रकाशित मिति: 30 September, 2018 4:57 am
- मलेसियामा १५ लाख भन्दा बढी कमाउने नेपाली मजदुर
लाखाैं श्रमजीवी नेपाली बिदेशमै छन्, उनका निम्ति १५ लाख आकाशको फल आँखा तरी मर ! - माधव नेपाललाई अमेरेकाबाटै ओलिको जवाफ-देश डुब्दैन, म आउँदैछु !
पानी जहाज लिएर अाउदैछु, त्यसैमा तैर्याउनु पर्छ ! - शिक्षा मन्त्रालयले भन्यो : डा. के सी सम्पर्कमै आएनन्
कुनामा लुकेर ढुङ्गा हान्दैछन् कि के हो, केसी बुढा ! - १० प्रतिशत भाडा बृद्धिको निर्णय पुनरबिचार हुन्छ : मन्त्री महासेठ
अदूरदर्शी बुद्धि, पोख अनि उठाऊ ! - चीन भ्रमण उपलब्धिमुलक : मुख्यमन्त्री शाही, प्रदेश नं. ६
बिदेश भ्रमणबाट फर्केपछि बोलिने सजिलो वाक्यांस ! - नेकपा भित्र झाङ्गिदै आन्तरिक बिवाद
फल्ने बेला सुन्निने, पाक्ने बेला कुहिने र झर्नेबेला हल्लिने पुरानै रोग !