बलत्कारीको पुरुष ट्रेडमार्क नै क्यान्सिल गर्नुपर्छ : आजका हेडलाईनहरु…
प्रकाशित मिति: 28 September, 2018 4:29 am
- तिन दिनमै बसको टिकट सकियो ! दसैंका यात्रु तनावमा
सिण्डीकेटको मुद्दामा सरकारले जिस्क्याएको बदला लिएको अासंका ! - माधव नेपालले किन पाएनन् कार्यबाहक अध्यक्ष ?
केपी ओलिले कहिले पाएका थिए र ! - काममा ढिलासुस्ती गरेको भन्दै मेयरले हाने लेखापाललाई झापड
नजीर राम्रो बसेछ, जनताले यही प्रश्न तपाईंलाई तेर्स्याउलान् है मेयर सा’ब ! - आफैलाई गोलि हान्न लगाएको भन्ने खुले पछि तिरेन सरकारले पण्डीत श्रीनिवास आचार्यको उपचार खर्च
जोगी नभइदिएको भए अनुसन्धानको खर्चको क्षतिपूर्ति तिनकै घरबाट भराउनु पर्ने । - दुइ महीना पछि मेलम्चीको पानी आउँछ : योजना प्रमुख
खान नपाई नपत्याउने निम्तो ! - पाँच महिनामा साढे १४ सय बलत्कारका घटना
म पुरुष हुँ तर ति अपराधीलाईं पुरुष हुनुको अर्थै समाप्त हुने गरीको कारबाही गर्नुपर्छ भन्छु । - संशोधन् नगरे यो संविधानको पनि दुर्गति हुन्छ : राजेन्द्र महत्व
भोगटेको बोटमा सुन्तलाको दाना कहाँ फल्छ र? - प्रदेश नं. ७ को राजधानी प्रस्ताव : गोदावारिमा खुशियाली, धनगडीमा बिरोध
सिक्काका दुईटा पाटा, गाई पर्ने खान्छ दही, त्रिशुल पर्ने बन्छ जोगि ! - संसदमा माधव नेपालको प्रश्न : गृहमन्त्री कहाँ हुनुहुन्छ?
हराएकै भए आफ्नै पार्टीमा खोज्नु पर्ला !