पुँजिबादले बलात्कार बढायो, माओवादले घटाउन सकेन: आजका हेडलाईनहरु
प्रकाशित मिति: 27 September, 2018 3:50 am
- नेकपा सांसदले भने: मुख देखाएर हिँड्न लाज भइसक्यो
छोपेर हिड्नपनी त खतरा छ - रौतहटमा चिहानको बिषयलाइ लिएर दुइ समूहबिच झडप, २३ राउण्ड हवाई फायर
को पहिला चिहानमा पुग्ने प्रतिस्पर्धा - गृहमन्त्रीको खुलासा: निर्मलाको कपडा जलाइयो, मुचुल्कामा बुबाको औंठाछाप नक्कली
पहाड खनेर मुसो निकालेझैँ कुरो भयो । अपराधीको बारेमा खुलासा गर्या भए पो ! - बलात्कार प्रयासको प्रतिकार गर्दा १० बर्षीया श्रेयाको २७ बर्षे छिमेकी युवाद्वारा हत्या
छिमेकी त्यस्तो हुनै सक्दैनन् । त्यो छिमेकी भएको नाटक गरिरहेको थियो । - मुख्यमन्त्री पोखरेलको निर्देशन – मेला महोत्सवमा छाडापन रोक्नुस्
वाह, शंकर कमरेड कैलेकाहीं बोल्नुपनी हुँदाे रहेछ ! सन्चै ? - सुध्रेनौं भने सकिन्छौं, कम्युनिष्ट असफल हुँदा अर्कै शक्ति आउन सक्छ: कांग्रेस नेता, पौडेल
नेकपासँग सत्ता साझेदारीको प्रश्ताब - आफुलाइ प्रमुख अतिथि नबनाएको भन्दै राजदूत अर्जुन जंग बहादुर सिंहद्वारा पत्रकार महासंघ, कोरिया शाखाको कार्यक्रम बहिस्कार
अतिथी देवो भव: हैन, अतिथी धेर् भाे अब: - रातोपाटी समाचार प्रभाव : वरिष्ट पत्रकार घिमिरेले आफुले पाएको पुरस्कारमा ५० प्रतिशत थप गरेर आश्रमलाइ दिए
यस्ताका काम हल्ला नगरी गर्दा राम्रो, चन्दा माग्नेको लाईन लाग्ला ! - प्रशासनिक संघीयता कार्यान्वयनमा हाम्रो गति तिब्र छ : लालबाबु
तिव्र गति गरे मन्त्री पद खती हुने प्रमको सुझाव - मदिरा सेवनकर्तालाई परिचयपत्रको वकालत गर्दै प्रतिनिधि सभामा प्रस्ताव दर्ता
परिचयपत्रको नमुना : जँड्याहाकाे नाम:…….?, जँड्याहाकाे…..?, जँड्याहाकाे पेशा….? - पुँजिबादले बलात्कार बढायो : गृहमन्त्री थापा
माओवाद बलात्कार रोक्न असफल ! - हत्या र हिंसा नियन्त्रणमा सरकार प्रतिबद्ध : गृहमन्त्री थापा
व्यवसायी दुहना गाई जस्ता हुन् भन्ने गलत सँस्कार बदल्नु पर्छ : पुष्पकमल दाहाल