साँझका हेडलाईन : गजुरियल टिप्पणी – कार्यालयमात्र किन, घरै बनाए भैगो नि…
प्रकाशित मिति: 20 September, 2018 3:33 pm
- ट्याङ्कर चालकले इन्धन ढुवानी सुचारु नगरे गाडी खोस्ने निगमको चेतावनी ।
पेट्रोल सहित खोस्नु है, रित्तो गाडी त जस्लेपनी खोस्छ नि ! - दशैको अग्रिम टिकट बुकिङ खुला नगर्ने यातायात व्यावसायीको निर्णय ।
ठिकै छ । साहुजीहरुका घरमै टीका लगाउन जाउँला नि त ! - पर्यटन मन्त्रीको प्रस्ताव: रुख कटनी सेनाले होइन, वनले नै गरोस् ।
सेनाले गरेपनि वनले गरेपनी मनको कुनाबाटै गरोस् , धनको तुनाबाट नगरोस् ! - संसदीय सुनुवाईबाट अख्तियार प्रमुखमा नवीन घिमिरे अनुमोदित ।
हेल्लो नवीन घिमिरे, पावर देखाउ तिमिले, हेर्न पाउँ हामीले ! - जोशीबिरुद्ध महाअभियोग दर्ता गर्न भन्दै नेकपा सांसादहरुको हस्ताक्षर संकलन ।
होस् गर्नु है कमरेडहरु, हस्ताक्षर भेला गरेर महा अभियोग हैन, महाभोज गर्देलान् ! - भ्रष्टाचारीले सिधै सेवाग्राहीसँग पैसा लिन छाडे: नवीन घिमिरे
घुमाएर लिन पाउन्जेल कस्ले सिधै लिन्छ त हजुर । - अन्सारीका हत्यारालाईं कारबाहीको दायरामा ल्याउँछौ – गृहमन्त्री थापा : अनलाइन खबर
निर्मलाका हत्यारा पनि दायरामा आई हाले, हगी त ! - वर्थ डेमा धुर्मुसले गर्न सकेनन् फिल्म घोषणा
सकेनन् कि गरेनन् हाउ ? - काठमाण्डौ-तराई फाष्ट ट्र्याकको डीपीआर बनाउने जिम्मा कोरियन कम्पनीलाई : रातोपाटी
घरबेटी ठेकेदारको दाल गलेनछ कि क्या हो ! - लैनचौरको खुल्ला स्थान मासेर उपराष्ट्रपति कार्यालय राख्ने तैयारी : सेतोपाटी
कार्यलयमात्र किन, घरै बनाए भैगो नि ! आफ्नो हात, जगन्नाथ !