चीनले खोल्यो सातवटा नाका, नेपालबाट के के निर्यात गर्न सकिन्छ ?
प्रकाशित मिति: 14 September, 2018 4:58 am
प्रधानमन्त्रीज्युको मुखराविन्दबाट अर्को एउटा खुशीको ‘कुरा’ आएको छ- ‘नेपाल अब भुपरिबेष्ठित रहेन ।’ ‘कुरा’ अनुसार, एउटा हैन, दुईवटा हैन, सात सातवटा नाका सजिलै प्रयोग गर्न पाउने गरी चाइनासँग सहमति भएछ !
हाम्रो मति राम्रो भए सहमती पूरा हुन्थ्यो होला तर जति सहमती भएपनी हाम्रो गति सुध्रीहाल्ने सम्भावना कम छ । किनभने, संबन्ध वीथ चाईना, आज छ भोली छैन !
जे होस् , कुरो नराम्रो पक्कै होईन ।
सहमतीको भरपुर प्रयोग गरेर जनतालाई प्रसस्त सेवा सुबिधा दिन नसकिने होईन । हामीसँग पैसा भए आयातको ओईरो लाग्नसक्छ । किनेर ल्याउन कतैबाट रोकावट नहोला । तर, एकोहोरो आयातमात्र गर्ने कुरा सधैं सम्भव नहोला ! नाकाबाट निर्यात गर्नेचाहिँ के त ?
सातवटा नाकालाई नियमित गर्ने चाईनाबाट ल्याउनेमात्र होईन, नेपालबाट पठाउने सामाग्रीपनी चाहिन्छ । निरन्तरको आयातलाई सन्तुलन राख्न निर्यातजन्य वस्तुको उत्पादन र बिक्री बढाउनु उतिकै जरुरी हुन्छ ।
समृद्ध नेपालको सपना देख्ने एउटा नागरिकको हैसियतले सरकारलाई सहयोग गर्नु हाम्रो दायीत्व हो । निर्यात गर्ने भनेको आफ्नो मुलुकलाई आत्मानिर्भर बनाएर बँचेको चिज मात्रा हो । जडीबुटी निर्यात गरौं भने बाबा रामदेव रिसाउलान् । पानी निर्यात गर्न मोदी रिसाउलान् ।
कृषिजन्य उत्पादन निर्यात गर्न भुमाफिया रिसाउलान् । अलिअली बाँकी छ् तर काम गर्ने तन्नेरी बिदेशतिर लागेपछि यो पनि सम्भव छैन ।
निर्यातका लागि हामीसँग रहेको पर्याप्त चिज भनेको नेताहरु हुन् । हाम्रोमा नेता यति धेरै छन् कि चिनका सातवटा नाकाबाट निर्यात गर्दापनि अभाव हँदैन । लोभीपापी राजनीतिक नेतृत्व,अस्थिर राजनीति,आशा निराशा र कुन्ठा , भ्रष्टाचारी, बलत्कारी, ब्यभिचारी, यौन पिपासुलाई पनि नेतासँगै निर्यात गर्न सकिन्छ । ठेक्कापट्टा हात पारेर काम नगर्ने ठेकेदार, उपभोक्ता ठग्ने बिचौलिया, घुसखोर कर्मचारी, ग्राहकमारा ब्यापारीहरु पनि निर्यातको गर्न सके ती सातवटा नाका चल्लान् नत्र नाका खुल्यो, नाका खुल्यो फुस्सा होला !
यसबारेमा प्रधामन्त्रीज्युको विचार के छ कुन्नी !