यत्तिको नमज्जाले त कोही पनि फँस्दैन होला…
प्रकाशित मिति: 13 August, 2018 4:12 am
यो एउटा सत्य कथा हो । उनि कार्यक्रमको सिलसिलामा बेलायत पुगेका थिए । एकदिन आयोजकले बेलायती रेष्टुरेण्टमा लगे । गोरा वेटरले मेनु ल्याए । नेपाली साथीहरुले मासुको आईटम अर्डर गरे । एकैछिनमा आईटम आईहाल्यो ।
उनि: के को मासु हो ?
वेटर: बिफ सर ।
उनि: (आत्तिंदै) नो नो नो । आई डण्ट ईट विफ ।
(आयोजकले वेटरलाई संझाए कि मेरो साथी बिफ खाँदैन । वेटरले ‘सरी’ भन्दै फिर्ता लगे अनि एकैछिनमा अर्को आईटम ल्याए । उनले पनि मिठो मान्दै खाए । पछि प्लेट उठाउन वेटर आए ।)
उनि: मासु त मिठो रहेछ । के को हो ?
वेटर: (अंग्रेजीमा) तिमी गोरुको मासु खाँदा रहेनछौ त्यसैले बाच्छाको ल्याई दिएको 😀 😉 🙂