‘पछ्याउनेलाई दया गर्नुपर्छ, गाली हैन बहिनी !’ -जोकशाष्त्र अध्याय- एक (हाँस्दा हाँस्दै रूँने ग्यारेन्टी)
प्रकाशित मिति: 5 August, 2018 3:45 am
उनि सरकारी कर्मचारी । मुहार अत्यन्तै राम्रो । बानी ब्यहोरा झन् राम्रो । धेरै मान्छे पछि लाग्छन् । तर, उनि कसैलाई फर्किएर हेर्दिनन् ।
पछ्याउनेहरु मध्ये एक खरदार थिए जो सबैभन्दा धेरै पछि लाग्थे । प्रत्येक दिन कार्यालयबाट फर्किंदा पछ्याउंदै भन्थे, ‘तपाईं राम्री हुनुहुन्छ…!’ यसो भन्दै घरैसम्म पुग्दथे । उनि घरभित्र पस्थिन् र हत्तपत्त ढोका बन्द गरेर सुरक्षित ठान्थिन् ।
पछ्याउने क्रम नहटेपछि श्रीमान्लाई सबै कुरा सुनाईन् । श्रीमान् रिसले आगो भए, ‘म भोली चाँडै आउँछु, र त्यस्का खुट्टा भाँचि दिन्छु !’
भोली साँझ श्रीमान् ढोकामा चिर्पट बोकरे बसे । श्रीमती आईन् । श्रीमान् श्रीमतीको देखदेख भयो । आजपनि ती मान्छे पछि पछि थिए ।। आँगनसम्म आएर भने, ‘तपाईं साह्रै राम्री हुनुहुन्छ…!’ उनले रिसाउँदै सोधिन्, ‘हो, म राम्री छु तर तपाईंले भन्न खोज्या के ?’ त्यही बेला श्रीमान् पनि चिर्पट उचाल्दै निस्किए । पछ्याउनेले झन् रिसाउँदै भने, ‘तपाईं राम्री हुनुहुन्छ तर तपाईंको यो लोग्नेलाई ठिक छैन । मेरी श्रीमतीसँग आउन नदिनोस् !’