बिदेशी सेलफोन, स्वदेशी सर्भिस्
प्रकाशित मिति: 4 August, 2018 1:53 am
पढ्नोस्, केही नेपाली स्वभाव, क्षमता र माटो सुहाउँदा मोबाइल शन्देशहरु ।
–माफ गर्नृहोला, तपाईले गर्नृभएको टेलिफोनवालाले अहिलेसम्म बिल तिर्नु भएको छैन, कतै भेट्नु भयो भने समातेर बिल तिराउनु भएमा १० प्रतिशत कमिसन टक्राउने छौं, धन्यबाद 🙂
–सम्बन्धित ब्यक्तिले अहिले फोन उठाउन सक्नृुुहुन्न, १०,१० मिनेटमा रिंग बजाउादै गर्नुहोस्, हिजोको ह्यांग ओभरले छोडेपछि सायद उठाउनु होला, धन्यबाद 😛
–यो टेलिफोनमा सेवा निषेध गरिएको छ । शंकास्पद रुपमा टेलिफोन प्रयोग गर्नु भएको आशंकामा उहाँको यो सुबिधा रोकिएको हो, आइन्दा फोन नगर्नाेस्, अन्यथा तपाईं पनि शंकाको घेरामा पर्नुहोला, धन्यबाद 😎
–तपाईंले गर्नुभएको मोबाईल वालाले ‘हुनुहुन्न’ भनिदिनु भन्नु भएको छ, उहाँ अहिले हुनुहुन्न रे, धन्यबाद 😀
–माफ गर्नु होला, तपाईंले गर्नु भएको मोबाइलमा पत्नीले फोन गरेर हैरान बनाएकोले स्वीच अफ गरिएको छ, कृपया, प्रयास गर्दै गर्नुहोला । धन्यबाद
–तपाईंले सम्पर्क गर्नु भएको मोबाईल उहााले रेष्टुरेन्टमा धेरै जााड खाएर बाटोमा झारेर हिंड्नु भएछ, अहिले यो मेरो हातमा परको छ, कृपया अब यो नंबरमा उहाँलाई कहिल्यै पनि फोन नगर्नोस् , धन्यबाद 😆