अ–सामान्य ज्ञान
प्रकाशित मिति: 31 July, 2018 3:55 pm
सवारी: वारीको मान्छे वारी पारीको मान्छे पारी ।
हुकुम: कम हल्लाएर बोल्नु ।
दर्शनभेट: दर्दनाक आशनमा गरिने भेट ।
आदेश: आँ……..गरि रहनेहरुको देश ।
आयोग: आयो र गयो, केही लछारपाटो लगाएन ।
नजर गर्नु: नयनमा जहर भर्नु ।
अध्यादेश: आध्यारो नै आध्यारोको देश ।
सरकार: सरर्र कार चढ्ने ।
मन्त्री परिषद: मन परेकाहरुको सदन ।
सिगरेट: सुर्तीलाई कागजमा बेरेर तयार पारिएको पोको जस्को एकातिर सुर्तीको धुलो हुन्छ भने अर्कातिर मुर्खको हात ।
सम्बन्ध बिच्छेद: बिबाहको भविश्यकाल ।
डिक्सनरी: यस्तो ठाउा जहाँ बिबाह भन्दा पहिले डिभोर्स आउँछ ।
आदी……..: म यो भन्दा धेरै जान्ने छ भने अरुलाई भ्रम छर्न प्रयोग गरिने शब्द ।
कमिटि: ब्यक्तिले एक्लै केही गर्न नसकेपछि सामुहिक रुपमा बस्ने ठाउँ जहाँ कुनै निर्णय हुन सक्दैन ।