जेनेरेससन झ्याप…
प्रकाशित मिति: 27 July, 2018 4:38 am
केशबराज: सुन् छोरा…
कुशल: भन्नु !
बाबु: मैंले स्कूल पढ्दा निकै दु:खले पढें । साथीहरु मज्जाले मन लागेको कुरा खान्थे तर म पैसा नभएर अरुले खाएको हेरेर मुख मिठ्याउँदै बस्थें, बुझिस् ?
कुशल: मैले पनि पछि मेरो छोरालाई यस्तै भन्नुपर्छ बाबा ।
केशबराज: कस्तो ?
कुशल: मैले स्कुल पढ्दा निकै दु:खले पढें छोरा । बाबाले दिएको एक सय रुपैंयाले आउँदा जाँदा बस भाडा र एक प्लेट म:म:मात्र खाएर आउनु पर्दथ्यो । सँगैंका साथीहरु पिज्जा, बर्गर, कोक, फान्टा खाएर मोज गर्दथे ।