फाष्ट ट्र्याकको सत्य कथा
प्रकाशित मिति: 31 May, 2017 7:27 am
‘हलो, कहाँ आईपुग्नु भयो ?’
‘अहिले निजगढमा आईपुगें, मलाईंपनि खाना पकाउंदै गर है ।’
‘भोली बिहानको ?’
‘हैन, आज बेलुकाको ।’
‘आज बेलुका ? अहिले ६ बजिसक्यो । राती हिड्नु पर्दैन, बिहान आउनोस् ।’
‘कहाँ राती भन्या ? म डेढ घण्टामा काठमाण्डौ आईपुग्छु ।’
‘बहुलाउनु भयो कि क्या हो ? निजगढबाट डेढघण्टामा काठमाण्डौ कसरी पुगिन्छ ?’
‘फाष्ट ट्र्याकबाट आउने हो क्या ।’
‘ए हो त हगी ! भरखर बनेको भएर होला, मैंले त भुसुक्कै बिर्सिएछु ।’
‘खाना पकाउनपनि बिर्सेलौ नि ।’
‘बिर्सिन्न, बिर्सिन्न । पकाउन थालें, हजुर आईपुग्दा ठ्याक्कै तयार हुन्छ । बरु त्यहांबाट एककिलो ताजा गोलभेडा लिएर आउनु है, अचार खानुपर्छ ।’
‘लालबन्दीमा किनेको छु, आधा घण्टापहिले ।’
………..
#गजुरीयलको रीयल आशा छ, फाष्ट ट्र्याकमा हामी चारबर्ष भित्रैमा गुड्न पाउनेछौं किनभने यसको जिम्मा नेपाली सेनाले लिएको छ ।
@पूर्ण पाठ : कान्तिपुर साप्ताहिकको आगामी अंकमा