के भन्थे सोसल मिडियाको बारेमा ? अरनिकोदेखी महात्मा गान्धीसम्मको बिचार !
प्रकाशित मिति: 10 April, 2023 8:59 pm
‘टिकटकमा आएको ‘कट स्लिप्स’का आधारमा गाली छाद्ने गर्दा स्वधर्मको नाश हुन्छ ।’
-आदी शंकराचार्य
‘कमेन्ट गर्नु अघि तिनपटक लामो लामो स्वास तान्ने गर ।’ -योगऋषि पतञ्जली
‘जुन साथीले एकपटक लुकेर तिम्रो भिडियो खिच्छ, उसलाई फ्रेण्डलिष्टबाट हटाईहाल्नु ।’ -पञ्चतन्त्र
नेगेटिभ कमेन्ट सरुवा रोगजस्तै हो । एकजनाले गरेपछि बाँकीले कुरै नबुझी भाइरल गराईदिन्छन् ।’ -अस्टाबक्र
‘लाईक र डिस्लाईक एक रथका दुई पाङ्ग्रा हुन् ।’ -राजा दशरथ
‘बरु ढुङ्गाको मुर्तीले फोन उठाउला तर टिकटकको साथी तपाईंको मलामी समेत आउँदैन ।’
-अरनिको
‘मनमा उठेका सबै बिचारलाई पोष्ट नगर्नोस्, विवेकले सम्पादन गर्नोस् ।’ -गुरु नानक
‘शरीरलाई स्वस्थ राख्नु उपबास बस, मनलाई स्वस्थ बनाउन ‘सोसस मिडिया फास्टिङ’ गर ।’ -स्वामी प्रपन्नचार्य
‘जुन सोसाइटीमा सोसल मिडिया छैन, त्यहाँको सिटिजन सधैं शान्त हुन्छ ।’ -महात्मा गान्धी
‘महामुर्ख हो त्यो हो जो भाइरल हुन भाइरसजस्तो गतिविधि गर्छ ।’ -जर्ज बर्नार्ड सा
‘कसैको बारेमा थाहा पाउन उसको आत्मकथा पढ्नै पर्दैन, त्यसको एउटै ट्वीट काफी हुन्छ ।’ -थोमस अल्बा एडिसन
‘लाईकले तत्काल त खुशी मिल्ला तर अन्त्यमा डिस्लाईक नै डिस्लाईक प्राप्त हुन्छ ।’ -स्वामी विवेकानन्द