बाँदरहरुकाे देश, ढेडुहरुकाे भेष, छेपारेको रंग र चेपारेको ढंग हुँदैन : कविता ब्याटल !
प्रकाशित मिति: 6 July, 2021 8:24 pm
कोरोना खोप लगाउन ज्येष्ठ नागरिक घन्टौं लाइनमा
पहुँचवाला युवा नागरिकले लगाए ट्रिपल डाेज भ्याक्सिन !
प्रचण्डले भने : ‘संसद पुनर्स्थापना हुन्छ, देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ’
देउवाले भने- ‘ओलीले छोडे त हो नि बाबा !’
बाबुरामले प्रचण्डसँग ‘सम्बन्धविच्छेद’ गर्दा खुशी थिइन् हिसिला
हँ, प्रचण्ड-बाबुरामबिच त्यस्तो नाजायज सम्बन्ध थियो र !
माओवादीद्वारा चौंथो दिन पनि प्रदेशसभा बैठक अवरुद्ध
ओली पक्षद्वारा प्रदेशसभा सधैंका लागि अवरुद्ध !
वन्यजन्तु व्यापार सुरु गर्ने नेपालको योजना, चिनियाँ कम्पनीहरुको दौडधुप
ढुङ्गा-वालुवाकाण्डपछी जङ्गली र घरपालुवा काण्ड !
जसपाका महन्थ र उपेन्द्र पक्षले निर्वाचन आयोगमा भने- ‘हामीलाई अलग गरिदिनुस्’
बाँके-बर्दिया, ईण्डयाउ यह क्या कर्दिया !
विद्यार्थीलाई आफूखुसी नम्बर दिएको र प्रश्नपत्र बाहिर्याएको आरोपमा २ जना उप-प्राध्यापक बर्खास्त
विद्यार्थीलाई सोधेरमात्र नम्बर दिनुपर्ने जिकिर !
‘काठमाडौंमा भित्तेलेखन गर्न पाइन्न’: मेयर शाक्य
पार्टीका नारा बाहेक !
ओली-नेपाल विवाद : आजदेखि कार्यदलको बैठकमा औपचारिक ‘छलफल’ हुने
छल माधव नेपालतिर, फल केपी ओलितिर
कोमल कविता :
बाँदरहरुकाे देश हुँदैन,
ढेडुहरुकाे भेष हुँदैन,
कुकुरहरुको Base हुँदैन
भुतहरुको Face हुँदैन
‘फेकु’हरुकाे फेस हुँदैन
कडा कविता :
छेपारेहरुको रंग हुँदैन,
चेपारेहरुको ढंग हुँदैन,
मुर्तीहरुको अंग हुँदैन,
फुर्तीहरुको रङ्ग हुँदैन !