उनले फलामबाट यसरी पानी निकाले ! Joke of the day
प्रकाशित मिति: 1 January, 2021 11:10 am
रविन : ( सबिनसँग ) ‘तिमी जर्मनी भाषा पढ्न सक्छौ ?’
सबिन : ‘जत्ति सक्छु, तर नेपालीमा लेखिएको हुनुपर्छ !’
@@@
रोहन : ‘म सारै तनावमा छु यार, जे काम गर्न खोज्छु मेरी श्रीमतिले बाटो छेक्छिन् , के गर्ने होला ?’
शोहन : ‘म सँग एउटा राम्रो आइडिया छ !’
रोहन : (खुशी हुँदै ) ‘त्यस्तो के आइडिया छ ?’
शोहन : ‘ट्रक चलाउन थाल्नुस, यस्तो काम सधैँलाई अन्त्य हुन्छ !’
@@@
शिक्षक : ‘चाहनामात्र हुनुपर्छ, ढुङ्गाबाट पानी निकाल्न सकिन्छ !’
विद्यार्थी : ‘ढुङ्गाको के कुरा सर, मैले त फलामबाट पानी निकाल्ने गरेको छु !’
शिक्षक : ( अचम्म मान्दै ) ‘कसरी भन त ?’
विद्यार्थी : ‘हेण्ड पम्पले तानेर !’