देशखाने कथा !
प्रकाशित मिति: 24 November, 2020 11:40 am
‘आफ्नै गालो आफ्नै लबटो, कता होला यात्रा अबको’…के हो ?
-ओली_दाहाल हानाहान, प्रमको कुर्सी तानातान् !
‘पाउँदाखेरी बाँडी खाने, छैन भने लडि रहने’… के हो ?
-सत्ता बाहिर रहँदाको बिपक्षी !
‘भोकाएको स्याल चौतर्फी दौडिन्छ’…के हो ?
-भुतपुर्व प्रधानमन्त्रीको राजनीतिक जात्रा !
‘आकाशतिर थुक्दा मुखभरी छिटा, हाम्रा जन प्रतिनिधि हा हा हा’…के हो ?
-‘स्थानीय निकायका मान्छेहरु लुट्नमा ब्यस्त छन्’ भन्ने माधव नेपालको भनाई !
‘काम कुरो एकातिर कुम्लो बोकी देखातिर’…के हो ?
-आन्तरीक विवादकाबीच प्रधानमन्त्रीको जिल्ला भ्रमण !
‘गोडमेलको नाउँमा बोटै हल्लाउने, रोप्नु भन्दा उखेल्नै बल लाउने’…के हो ?
नीजि स्वार्थ लिइरहने, गुटलाई प्राथमिकता दिइरहने पर-वृत्ती !