ल हेर्नुस्, एक जना शिक्षक यसरी कुकुर बने ! Joke of the day
प्रकाशित मिति: 17 November, 2020 8:05 am
लोभी श्रीमान : (श्रीमतीसँग) ‘छिट्टो एउटा ब्लेड देउ त ।’
श्रीमती : ‘हतारमा ब्लेड किन चाहियो र ?’
लोभी श्रीमान : ‘डिटोलको सिसी फुटेकोले खेरा जाने भयो, हात काटेर लगाउनु पर्यो भनेर !’
@@@
हकर : ‘ल हेर्नुस हेर्नुस्, एउटा झुटो समाचारले ११० जना मानिस ठगिए !’
बटुवा : खै एउटा पत्रिका दिनुस त हेरौँ ।
हकर : ( अझै चर्को स्वरमा ) ‘ल हेर्नुस, हेर्नुस्, एउटा झुटो समाचारले १११ जना ठगिए !’
@@@
एकजना खन्चुवा टिचरले बिद्यार्थीको खाजा खाइदिए पछि…
टिचर : रोहन, ‘मैंले तिम्रो खाजा खाइदिएको कुरा घरमा भन्दैनौ नि ?’
रोहन : ‘भन्दिन सर !’
टिचर : ‘ममीलाई के भनेर खाजा माग्छौ त ?’
रोहन : ‘ममी मलाई भोक लाग्यो । बिहानको खाजा त एउटा कुकुरले खाइदियो भन्छु !’