एसिडमा सिक्का घुल्ने कुरा ! jokes of the day
प्रकाशित मिति: 21 September, 2020 9:45 am
रोहन विवाहको लागि कन्या माग्न गएपछी…..
केटीका बाबु : ‘तपाईँकोआगामी प्लान के छ, भन्नुस् त ?’
रोहन : ‘चिन्ता लिनै पर्दैन हजुर, क्लियर छ !’
केटीका बाबु : ‘ कसरी ?’
रोहन : ‘दाईजो धैरै दिए बसेर खाने, नदिए खाडीतिर जाने !’
==================
साइन्स ल्याबमा पढाई भइरहेको बेला आफ्नो खल्तीबाट सिक्का निकाल्दै शिक्षक….
शिक्षक : बाबु नानी हो, म, यो सिक्कालाई एसिडमा डुबाउदैछु । यो घुल्छ की घुल्दैन भन त ?
विद्यार्थीहरु : ( एउटै स्वरमा ) ‘एसिडमा सिक्का घु्ल्दैन सर !’
शिक्षक : ‘ल एकजनाले भन त, कसरी थाहा पायौ ?’
रोहन : ‘सिक्का घुल्ने भए तपाईँले खल्तीबाट झिक्नु हुन्नथ्यो सर, हामीलाई माग्नु हुन्थ्यो !’