बाबू दुख्न त दुखेन नि ? Jokes Corona
प्रकाशित मिति: 10 September, 2020 11:25 am
एउटा सिलाई पसले ( टेलर ) सबैका कपडा लिएर भागेपछी…
योजन : ‘तपाईंको के लग्यो ?’
संयोजन : ‘मेरो त सर्ट सिलाउन दिएको, कपडा लिएर गएछ ! अनि, तपाईंको नि ?’
योजन : ‘मेरो पाईन्टको कपडा लिएर गएछ !’
योन+संयोजन : ( रुँदै बसेको एक युवासँग ) ‘अनि तपाईँको के लग्यो र ?’
युवा : ‘कपडा त म सँगै छ, मेरो त नाप नै लिएर भागेछ !’
===================
रोहन : (रातको १२ बजे फोन गरेर ) ‘गगनजी, सुतिरहनु भएको छ ?’
गगन : ‘होइन यार, पल्टिएर मर्ने प्रयास गरिरहेको थिएँ !’
=================================
गब्बर : ( वसमा चढेर एकजना युवाको खुट्टो कुल्चिएपछी ) ‘बाबु, दुख्न त दुखेन नि ?’
युवा : दुखेको छैन हजुर, मज्जा आई रहेको छ । अझै दबाएर टेक्नुस् न !