आजका रमाईला चुट्किलाहरु :आमालाई नमान्दा, पेन्सन जोगाउने तरिका !
प्रकाशित मिति: 9 September, 2020 9:32 am
रोहनले कुनै अपराध गरेको कसुरका कारण कानूनी कठघरामा पुगेपछी …
रोहन : ‘आमाले भनेका कुरा मैले सुनिदिएको भए सायद यस्तो समस्या झेल्नु पर्दैनथ्यो होला !’
न्यायधिश : ‘आमाले के भन्नु भएको थियो त ?’
रोहन : ‘मैंले सुनेको भए न थाहा हुन्छ !’
——————————
सेवनिवृत्त भएका भुपाल बा डाक्टरको मा चेकअप गर्न गएपछी…
भुपाल : ‘डा. सा’व, एकदमै जिउ दुख्छ, हात गोडा करकर खान्छ । के गरौँ ?’
डाक्टर : ‘यो बुढ्यौलीका कारण भएको हो । मैंले भने अनुसार गर्नुस्, तपाईँलाई जवान बनाई दिन्छु !’
भुपाल : ( जुरुक्क उठदै ) ‘उसो भए उपचार गर्दिन हजुर !’
डाक्टर : ‘ किन ?’
भुपाल : ‘पेन्सन जोगाउन !’
——————————
एकदिन अफिसबाटै उज्ज्वलले खुशी हुँदै आफ्नी श्रीमतीलाई फोन गरेपछी…
उज्ज्वल : ( टेलिफोन गर्दै ) ‘तिमी सार्है राम्री छ्यौ यार !’
श्रीमति : ‘हजुरलाई धन्यवाद !’
उज्ज्वल : ‘तिमी साँच्चै नै शुशील छ्यौ !’
श्रमति : ‘धेरै धन्यवाद । भन्नु त ऐले के गर्दै हुनुहुन्छ ?’
उज्ज्वल : ‘काम छैन, तिमीसँग जिस्किँदै छु !’