हराएको भैँसी प्रेमिकाको आँखामा ! – तपाईँको मन हँसाउने रमाइला चुट्किलाहरु
प्रकाशित मिति: 12 August, 2020 11:01 am
एकजना बटुवाले एक जोडी प्रेमी र प्रेमिका कुरा सुनेपछी…
प्रेमी : ‘प्रिया, म तिम्रा आँखामा सँसार देखिरहेको छु, चराचर जगतका बस्तु एवं जीव तिम्रै आँखामा छन् !’
बटुवा : ( पछाडीबाट बोल्छन् ) ‘लौन बाबु, मेरो पनि भैंसी हराएको छ, कतै देखिन्छ की हेर्नुस् त !’
**************************
रोजीले हेल्मेट लाएर हतार हतार हिँड्दै सडकमा निस्किएपछी…
ट्राफिक : ( चेकजाँच गर्दै ) ‘ए बैनी, लाईसेन्स निकाल्नुस् त !’
रोजी : ‘मैंले हेल्मेट त लाएकै छु त ! किन लाइसेन्स दिनु ?’
ट्राफिक : ‘अनि मोटरसाइकल खै त ! ?’
************************************
शिक्षकले बच्चाको होमवर्क कापीमा कृपया बच्चालाई नुहाएर स्कुल पठाउँने काम गर्नु होला भन्ने लेखेको देखेपछी..
बच्चाकी आमाले प्रतिउत्तरमा लेखिन् – ‘कृपया बच्चालाई पढाउँनु होला तर सुँघ्ने काम नगर्नु होला !’