नेकपामा नयाँ उखान : चढ्ने बेलाकाे भाँडाे, झर्ने बेलाको ठाँडाे, काे हाे ?
प्रकाशित मिति: 7 August, 2020 11:35 am
‘५० अर्ब ऋण कृषिमा बाँडियो, तर सबै गाडी र साडीमा गएछ’: मन्त्री भुसाल
बेलैमा ढोका कहाँ छ भनेर ध्यान दिनु पर्दैन थ्यो त? ‘हगि सक्यो दैलो देख्यो’ !
खनाल र नेम्वाङलाई साक्षी राखेर ओली र प्रचण्डबीच छलफल
अघिल्लो कारोबारमा किचलो भएको कुराको स्विकारोक्ति !
‘नेकपा फुटाउने कार्य जनतालाई स्वीकार्य हुँदैन’ : प्रमुख सचेतक गुरुङ
अर्थात् नेताले चाहीँ अस्विकार गर्नै मिल्दैन !
जम्मू–कश्मीर र लद्दाखलाई समेटेर पाकिस्तानले जारी गऱ्यो नयाँ राजनैतिक नक्सा
त्यहाँ पनि लिपुलेक लिम्पियाधुरा रहेछ कि क्या हो !
नेकपाका शीर्ष नेता भन्छन्, ‘पार्टी निष्क्रिय, अकर्मण्य, वैचारिक स्खलन र भ्रष्टीकरमा फस्यो’
अर्थात् यस्तो भनेछन् -‘आउनुस् कमरेडहरु, सबैजना मिलेर आकाशतिर थुकौँ !’
चीन : हत्याको अभियोग लागेका व्याक्तिलाई २७ वर्षपछी सफाइ
नेपालमा भए ती मनुवा मन्त्री वा सांसद भईसक्थे !
सुन तोलाको एक लाख रुपैयाँभन्दा बढी तर व्यापारी घोर निराशामा
छोराछोरीको बिहे गर्न तयार गरिब परिवार परिवारमा हर्षको सन्चार !
मोटोपना घटाएर जोखिम कम गर्न सकिन्छ
पहिला त तामसी भोजन घटाउने बुद्धि बढाउँनु पर्यो नि !
ओली र प्रचण्डलाई वामदेव नै चाहिन्छ, किन ?
पहाड चढ्दा टेक्न मिल्ने, चढिसक्दा फ्याँक्न मिल्ने सजिलो लठ्ठी भएर !