यस कारण बाबुले छोरालाई डाक्टर बन्न रोके ! – आजका रमाइला चुट्किलाहरु
प्रकाशित मिति: 6 August, 2020 11:25 am
डाक्टर जुगल : ‘छोरा तिमी ठुलो भएपछी के बन्छौ ?’
छोरा : ‘म डाक्टर बन्छु, बुबा ।’
डाक्टर जुगल : ( खुशी हुँदै ) ‘स्यावास ! अनि डाक्टर बनेर के गर्छौ ?’
छोरा : म यसरी बिरामीको उपचार गर्छु कि उसले दोहोर्याएर क्लिनिक धाउनु नपरोस् ।
डाक्टर जुगल : त्यसो भए तिमी डाक्टर हैन, इन्जिनियर नै बन्ने तयारी गर !
————————————-
पहलमान गगनले सुकेटाट सुजनलाई मुक्का हानेपछी…
सुजन : ‘यो मुक्का साँच्चै हानेका हौ कि जिस्किएका हौ ?’
गगन : ‘म जिस्किने मान्छे होइन । साँच्चै हानेको हुँ !’
सुजन : ‘त्यसो सभए त ठिक छ । किन भने मलाई जिस्किएको पटक्कै मन पर्दैन !’