लोभको पराकाष्टा ! आजको चुट्ट-किला 🤣
प्रकाशित मिति: 14 July, 2020 11:27 am
एकदिन तिनजना लोभीहरु छिमेकीको घरमा पुराण सुन्न गएछन् । प्रवचनको मध्यान्नतिर पण्डितजीले भगवानका नाममा भेटी चढाउन भनेछन् ।
एकजना पुरोहित भेटी संकलन गर्न थाली बोकेर भक्तहरु बसेको ठाउँतिर आए । उपस्थित सबैले भेटी चढाउँदै गए ।
पुरोहित थाली थाप्दै तिनजना लोभी बसेको ठाउँ पुग्नासाथ एकजना बेहोस् भएछन् ! बाँकी दुइजनाले बेहोस हुनेलाई बोकेर बाहिर तिर दौडिएछन् !
देख्नु भयो त भाग्ने कला ?
( यो तस्विर गुगलबाट लिएँ है )