तपाईंको मन हँसाउने आजका रमाइला चुट्किलाहरु
प्रकाशित मिति: 24 June, 2020 9:47 am
ठट्टा गर्ने बानी भएको दिप्शन र अप्सरा मीसबीच कुरा हँदैगर्दा…
दिप्शन : ‘मीस, तपाइँलाई म कस्तो लाग्छु, भन्नु त ?’
मीस : ‘रमाइला पनि छौ, मलाई मन पर्छ !’
दिप्शन : ‘त्यसोभए कुरा टुङ्गाउँन आमालाई कहिले पठाउँ ? !’
मीस : ( अलि रिसाउँदै ) ‘तिमीले के भन्न खोजेको हँ ?’
दिप्शन : ‘ट्युसन पढ्ने कुरा मिस् !’
_______________
रामु र श्यामु बाटोमा हिँड्दै गर्दा…
रामु : (फोन रिसिभ गर्दै ) ‘हजुर डार्लीङ ! म एकछिन पछी कल गर्छु ल ।’
श्यामु : ‘कोसँग कुरा गरेको यार ?’
रामु : ‘बुढी सँग ।’
श्यामु : ‘अनि निकै प्रेमले डार्लिङ भन्छस् त !’
रामु : ‘मेरी होईन, तेरी !’
_____________________
अनुपम : ‘मलाई ५ हजार रुपियाँ सापटी दिनुस् ल ।’
सुकाम : ‘हुन्छ तर कहिले फिर्ता गर्नु हुन्छ ?’
अनुपम : ‘ए ! म सात दिन भित्र फिर्ता गरिहाल्छु नि ।’
सुकाम : ( आठौँदिन ) ‘सातदिनलाई भनेको थियौ, खै त ?’
अनुपम : ‘क्वारेन्टाइनमा राख्ने समय १४ दिन बाहेक सात भनेको क्या !’
________________________
सडकमा उभिएको युवकले विपरितबाट आउँदै गरेकी सुन्दर युवतीलाई देखेपछी…
युवक : ‘चुट्किलाहरुह ! रातमा उदाउने चन्द्रमा दिनमा कसरी उदाएको होला !’
युवती : ( अलि रिसाउँदै ) ‘है..! रातमा कराउने उल्लु दिउँसो कसरी कराएको होला !’