तपाईंको मन हँसाउने रमाइला चुट्किलाहरु
प्रकाशित मिति: 18 April, 2020 5:53 pm
अन्जली : (रजनीसंग) ‘छोरीको टिकाटालो भएको २ बर्ष सम्म किन बिबाह नगर्नु भएको ?’
रजनी : ‘कानूनी कारणले बाधा गरेछ हजुर !’
अन्जली : ‘कस्तो कानूनी कारण हो र ?’
रजनी : ‘हुनेवाला ज्वाईं वकिल परे। विवाहको कुरा उठ्यो कि तामेलीमा राख्छन !’
============================================
सेवाग्राही : ‘मैले आज जम्मा गरेको चेक कैले फर्छ्यौट हुन्छ ?’
बैंक कर्मचारी : ‘तिन दिन त लागिहाल्छ ।’
सेवाग्राही : ‘तपाईंहरुको चेक तपाइंको काउण्टरमा जम्मा गर्दा पनि तिनदिन ?’
बैंक कर्मचारी : प्रक्रिया भनेको प्रकिया हो नि हजुर, तपाईं मसानघाटको छेवैमा मर्नु भयो भने घरै नलगी जलाउन मिल्छ र !
=====================================================
पत्नी : मलाई धेरै टाउको दुख्यो । पल्ला घरबाट भिक्स मागेर ल्याइदिनु न ।
पति : ‘दिएनन भने मज्जा हुँदैन, नमागौं ल !’
पत्नी : हो हुनत, एकदमै लोभी छन् ! मैले भण्डारमा एउटा लुकाएकी छु, झिकेर ल्याइदिनुस !