मापसेले ट्राफिकलाई यसरी झुक्याए ! – आजका ठट्यौलीहरु
प्रकाशित मिति: 16 March, 2020 9:51 pm
बिजुलि प्रसादले झिम्की संग विवाह गरे । संगै सुतेका बिजुलि बिहान उठेर सुतिरहेकी झिम्कीलाई दैनिक पानी खन्याउँन थाले । अत्ति भएपछी…
झिम्कीले जंगिदै सोधिन् – ‘मलाई किन सधैं पानी खन्याउँनु हुन्छ ?’
बिजुलिले सुमुधुर जवाफ दिए – ‘डोली चढाउँदै तिम्रा बाबाले भनेका थिए – ‘मेरी फूल जस्ती छोरीलाई कहिल्यै ओइलिन नदिनुस् है !’
———————————————————————————————————
कोरोना प्रकोपका कारण मापसे जाँच नहुने ठानेर केहि युवाहरुले मस्तीसंग दारु धोक्र्याएछन् । रात परिसकेपछी बाहिर निस्किन खोज्दा गेटमै आएर ट्राफिक बसेको देखेपछी, उनीहरु मध्ये एक खाइभुँडे खुरुखुरु तल ओर्लिएर खल्तीबाट चाबी निकाल्छ । पार्किङ्गमा रहेका कारहरु एक एक गर्दै खोल्ने प्रयत्न गर्दछ ।
पटक पटकको प्रयत्नमा बल्ल आफ्नो कार फेला पारेर खोल्छन् । उनि लडखडाउँदै गाडीमा पस्छन् र बल्ल तल्ल स्टार्ट गरेर गाडी
नचाउँदै अघि बढ्छन् ।
उपस्थित भएका सबै ट्राफिकहरुले उनलाई खेद्दै गएर समात्छन् । बाहिर निकालेर जाँच मेसिनमा फुक्न लगाउँदा मापसे गरेको नदेखिएपछी….
बुज्रुकले ट्राफिक प्रहरीलाई भन्छन् – ‘म कहिल्यै मापसे नै गर्दिन !’
ट्राफिकले सोधे- ‘तपाईं यसरी लडखडाउँदै किन भाग्नु भएको त ?’
बुज्रुकले जवाफ दिँदै भने – ‘ यो त कला हो सर ! म भागेको होइन, मेरा दर्जनौ ग्राहकहरुलाई सजिलै घर पुग्न बाटो खुलाएको मात्र हो !’
फोटो साभार : ( सामाजिक संजाल )