पौष २६कालागि तीन जोक्स
प्रकाशित मिति: 11 January, 2020 7:44 pm
एउटा बृद्ध मानिस मृत्युशैयामा थिए । उनले आफ्नी श्रीमतीलाई थैलोभरी पैसा आफ्नो घरको छतमा राखिदिन अनुरोध गर्दै भने – ‘जब मेरो मृत्यु हुन्छ तब म त्यो थैलो बोकेर स्वर्ग जान्छु ।’
उनले त्यसै गरिन् । बुढा मरेपछि छतमा हेर्न गइन् । पैसाको थैलो अझै त्यहीँ देखेर भनिन् -‘बरु त्यो थैलो माटो खानेर गाढेको भए हुने रहेछ !’
–

चोकको चिया पसलमा जुद्दे पसलेसँग कुरा गर्दै थियो ।
जुद्दे – ‘मेरो जिन्दगी बेहाल छ साउजी । हरेक रात बुढीसँग तास खेल्छु अनि हरेक रात मैले हार ब्यहोर्नु पर्छ ।’
पसले – ‘त्यस्तो हो भने त खेल्न छोड्दे भैगो त, किन जहिल्यै हारेर सुत्नु ?’
जुद्दे – ‘हैन क्या । म तासमा एकदमै माहिर छु । म जतीको तास खेल्न जान्ने कोही छैन ।’
पसले – ‘भर्खर हरेक रात हार भोग्नुपर्छ भनेको होइन ?’
जुद्दे – ‘हुन त हो नि तर मेरी बुढीलाई हारेको मन पर्दैन क्या !’