‘नेपालमा अब उप्रान्त कहिल्यै भुकम्प आउँदैन ।’ – अस्पताल संचालक
प्रकाशित मिति: 30 December, 2019 10:12 am
विश्वका चर्चित टावरमा नेपालको झण्डा फहराइने
यसरी पो पर्यटनमन्त्रीले २० लाख पर्यटक भित्र्याउने आधार बनाएका रहेछन् !
मृत्युपश्चात आँखा दान गर्ने कुलमान घिसिङको घोषणा
साँच्चै कुलमानज्युलाई कुनै खालको अध्यारो मन मन पर्दो रहेनछ ।
महिलाका मागप्रति किन अनुदार छ नेकपा नेतृत्व ?
राष्ट्रपती महिला भएपनि प्रधानमन्त्रीको कुर्सीमा उपरखुट्टी लाउने पुरुष नै हो नि त ।
अमेरिकामा आमहत्याको सबभन्दा ठूलो रेकर्ड
यस्तै समाचार पढेर मात्र हो नेपाली समाजको गुणगान गाउन मनलाग्ने ।
नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल पक्राउ
रियल कुरा, गजुरियल व्यवहार ।
‘अर्को निर्वाचनमा नेकपाको एक्लै दुई तिहाइ बहुमत ।’ : प्रचण्ड
यस्तो कुरा त कि कोही चरम आशावादीले कि कोही माओवादीले मात्र गर्न सक्छन् ।
‘रातो स्टिकर’ लागेका भवनमा अस्पताल
नेपालमा अब सुनामी आउला तर भुकम्प फेरी कहिल्यै नआउने अस्पताल संचालकको धारणा ।