बादल कालो हुनुको नयाँ कारण पत्ता लाग्यो !
प्रकाशित मिति: 25 September, 2019 9:52 am
गणितको कक्षा चलिरहेको बेला…
विद्यार्थी : सर, अंग्रेजि सरले अंग्रेजिमा, नेपालीले नेपालीमै गाली गर्नु हुन्छ तर गणित गाली हुँदैन ?
शिक्षक : चुप ! चुपचाप चार आना, हल्ला गरे बाह्र आना !
सुजन : ‘मिलन, मेरो शरीरमा आइरनको मात्रा सुन्य भएछ यार !’
मिलन : ‘कसरी थाहा पाइस तैले ?’
सुजन : ‘चुम्बक टाँस्न खोजेको टाँसिदै टाँसिदैन !’
रोहन : ( सुजनसँग ) ‘तिमीलाई थाहा छ बादल किन कालो हुन्छ ?’
सुजन : ‘यति पनि किन थाहा नहुनु, थाहा छ ।’
रोहन : ‘ल भन त !’
सुजन : ‘दिनभर घाममा हिंड्ने भएकोले नि !’