भारतमा ३ महिना, नेपालमा ३ घण्टा – के हो ?
प्रकाशित मिति: 17 September, 2019 4:22 am
नेपाल–भारतबिच दाई भाईको संबन्ध छ, बोलीमा ! तर ब्यवहारमा कस्तो छ ? यसको जवाफ सिनेकर्मी दीपकराज गिरीले दिएकाछन् । हिजो आफ्नो फेसबुक पोष्टमा उनले भनेकाछन्- ‘अब भन्नोस्, हामी कहाँबाट सञ्चालित छौं ? कहाँ छौं ? ?’
-नेपालमा भारतीय सिनेमा हेरिन्छ । भारतमा पनि नेपाल सिनेमा देखाईन्छ । तर, भारतमा नेपाली सिनेमा सेन्सर गर्ने तरिका फरक छ !
-भारतमा नेपाली सिनेमा सेन्सर हुन ३ महिना लाग्छ भने नेपालमा भारतीय हिन्दी सिनेमा ३ घण्टामा सेन्सर हुन्छ !
-भारतमा नेपाली सिनेमाको स्कृप्ट अंग्रेजीमा लेखिएको हुनुपर्छ, यता नेपालमा सञ्चार मन्त्रालयका प्रतिनिधिले हिन्दीमै सिनेमा हेर्छन्, सहि धस्काउछन् !
-भारतमा नेपाली सिनेमा पास गराउन अनेकौं हण्डर खानुपर्छ, नेपालमा कर्मचारीे एक कप चिया पिईसक्दा पास भईसक्छ !
-सेन्सर भएपनि भारतमा नेपाली सिनेमा कैले चल्छ थाहा हुन्न, नेपालमा भने भारतमा रिलिज भएको शुक्रबारकै दिन बिहान सेन्सर पास हुन्छ । अनि हल हलमा लाग्न थाल्छ ! अब भन्नोस्, हामी कहाँबाट सञ्चालित छौं ? कहाँ छौं ? ?