किस्न, किख्न, किरिस्न, किसन, किसुन, कृष अर्थात् प्रदेश प्रदेशमा कृष्ण !
प्रकाशित मिति: 23 August, 2019 8:19 am
शास्त्र अनुसार श्रीकृष्णका थुप्रै नाम छन् । जस्तो: कान्हा, काले, नन्दलाल, गोपाल, रणछोडदास आदि । ‘कृष्ण’ चाहिँ आचार्य गर्गले राखि दिएका थिए ।
यी बाहेक नेपालमा मात्र प्रयोग गरिने नाम पनि छन् । प्रश्तुत छ- गजुरियल डटकमको रीयल खोज , भगवान कृष्णका प्रादेशिक नाम र भजनहरु !
प्रदेश नम्बर १ मा कृष्णलाई ‘किस्न’ भनेर बोलाईन्छ । जस्तो : ‘किस्न गए बनैमा, राधिकालाई लिई मनैमा !
प्रदेश नम्बर २ मा किस्नलाई ‘किसन’ भनिन्छ । जस्तो : ‘किसन कन्हैया, मेरे नन्दलाला इधर आजा रे, हमको भी खिला दही तुम भी खाजा रे !’
प्रदेश ३ मा किस्न हैन, ‘किख्न’ भनिन्छ । ‘हरे किख्न, किख्न किख्न हरे हरे ! तिम्रो लिला देखेर दुनियाँ छक्क परे !’ नपत्याए त्यहाँका स्थानीय भजन सुन्नोस् ।
४ नम्बर प्रदेशमा ‘कृष्ण’ नै बोलाईन्छ । ‘कृष्ण लिला रे, कृष्ण लिला रे ! हमको बहुत प्यास लागि, दही खिला रे !’ यहाँको टिपिकल भजन हो ।
प्रदेश ५ मा कृष्णलाई ‘किरिस्न’ भनिन्छ । ‘पाउडर किरिमले, मोहनी लायोे किरिस्न, तिम्रो पिरिमले !’ यो यताको कृष्ण भजन हो ।
६ नम्बरमा कृष्णलाई ‘कृष्न’ भन्ने सम्भावना छ । ‘जात्तेरी कृस्न तिम्रो माया छ भस्मै, छैन मन यो मेरो बसमै !’ यो त्यहाँको सम्भावित भजन हो ।
७ नम्बरमा प्रदेशमा ‘किशुन’ भन्छन् कि भन्ने असंका छ । त्यसो हो भने यहाँको कृष्ण भजन यस्तो हुन सक्छ – ‘किसुन तमले क्या गड्यो गड्यो, तमीसँग झानलाई मन पड्यो !’ जय श्रीकृष्ण ! जय जन्मास्ष्टमी 🙂
*डिस्क्लेमर
गजुरियल डटकम नेपालको एकमात्र सटायर न्यूज अनलाईन हो । यसमा प्रकाशित सामाग्रीहरु कसैको बानी-ब्यहोरासंग मेल खान गएमा संयोगमात्र हुनेछैन, भुल सुधार गर्ने सुन्दर अवसर पनि मिल्नेछ । ब्यंग्य, आलोचना र सुझावलाई ‘निम्छरो कुण्ठा’ ठानेर खाँबो चिथर्नेहरुलाई श्री पशुपतिनाथले कल्याण गरुन् 🙂